हिमालय रोडिज–३’का विजेता सुजन सुवेदीलाई पुरस्कार हस्तान्तरण गरिएको छ । उनलाई १० लाख रुपैयाँ र यामाहा बाइक हस्तान्तरण गरिएको हो । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा हिमालय टेलिभिजनमा प्रमुख धर्मराज भुषालले विजेता सुजनलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

पुरस्कार ग्रहण गर्दै सुजनले ‘हिमाल रोडिज’को विजेता बन्न पाउँदा खुशी लागेको बताए । उनले, आफ्नो मिहिनेत र लगावले नै चर्चित रियालिटी शोको विजेता बन्न सकेको बताए ।

सुजन ग्याङ्ग ग्रिन अन्र्तगत लाउरेको टिममा रहेका सुजनले अडिसन, कलिङ र जर्नी राउण्ड हुँदै फाइनलमा उपाधि जितेका हुन् । यो शोको निर्देशन अमनप्रताप अधिकारीले गरेका हुन् । हिमालय टेलिभिजनमा प्रशारण भएको ‘हिमालय रोडिज’को तिनवटा सिजन नै लोकप्रिय बनेको थियो ।

तपाईको प्रतिक्रिया