गैरआवासीय नेपालीहरुद्धारा प्रवद्रधित एनआरएन इन्फास्टट्रक्चर एण्ड डेभलेपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा मागभन्दा ४ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा मंगलबार बेलुका ५ बजेसम्म ३ लाख ३४ हजार २ सय ९२ जनाले १ करोड ४० लाख ५३ हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

यो कम्पनीले माग गरेको भन्दा ४.४४ गुणा बढी हो । यस सँगै कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने निश्चित भएको छ ।

कम्पनीले साउन १६ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ६९ हजार ९ सय २ कित्ता सामुहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात् ६७ हजार ९ सय ६१ कित्ता कर्मचारीहरुको लागि छुट्याइएको छ । बाँकि रहेको ३१ लाख ६० हजार १ सय ८३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीको आवेदनमा छिटोमा साउन २१ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३१ लाख ६० हजार १ सय ८० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले गत फागुन ४ मा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । आईपिओ निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।

तपाईको प्रतिक्रिया