नेपाली बीमा बजारमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले विभिन्न खालका बीमा योजनाहरु सञ्चालन गर्दै आएका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले विभिन्न प्रकारका २४१ बीमा योजनाहरु बिक्रि गर्दै आएका हुन्।

बीमा समितिका अनुसार नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा योजना सञ्चालनमा छन् । यी दुवै कम्पनीले समान २५÷ २५ बीमा योजना बिक्रि गर्दै आएका छन् । त्यस्तै मेट लाइफ इन्स्योरेन्सले १६ प्रकारका बीमा योजना बिक्रि गर्दै आएको छ भने गुराँस लाइफ इन्स्योरेन्समा २१ प्रकारका बीमा योजना रहेका छन् ।

सरकारी स्वामित्वमा सञ्चालनमा रहेको राष्ट्रिय बीमा कम्पनीले ११ प्रकारका बीमा योजना बिक्रि गर्दै आएको छ । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सले १३ प्रकारका बीमा योजना सञ्चालनमा ल्याएको छ भने प्राइम लाइफ इन्स्योरेन्सले २० वटा बीमा योजना बिक्रि गर्दै आएको छ । यता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी र एलआइसी नेपालले १९ प्रकारका बीमा योजना बिक्रि गर्दै आएका छन् ।

सञ्चालनको अनुमति पाएको सबैभन्दा कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफले ५ प्रकारका बीमा योजना बिक्रि गर्दै आएको छ । ज्योति लाइफ इन्स्योरेन्सले ७ प्रकारका बीमा योजना बिक्रि गर्दै आएको छ भने सन नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले १२ प्रकारका बीमा योजना बिक्रि गर्द आएको छन् ।

त्यस्तै, यूनियन लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योेरेन्सले ८ प्रकारका बीमा योजना बिक्रि गर्दै आएको छन् । रिलायन्स लाइफ इन्स्योरेन्सले भने ५ प्रकारका बीमा योजना बिक्रि गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया