म्यानचेस्टर — पाकिस्तानविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबार इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय १९ रन बनाएर अलआउट भएको छ । सुरुवाती दुई इनिङ्सका समाप्तीमा पाकिस्तान १ सय ७ रनले अगाडि छ ।

इंग्ल्यान्डका लागि ओली पोपले सर्वाधिक ६२ रन बनाए । यस्तै जस बटलरले ३२ रनको योगदान दिए । पाकिस्तानी बलरमध्ये यासिर शाह सर्वाधिक सफल बलर रहे र उनले ६६ रन दिएर चार विकेट लिए ।

इंग्ल्यान्डले तेस्रो दिनको खेल चार विकेट गुमाएर ९२ रनबाट अगाडि खेल्न सुरु गरेको थियो । यसअघि पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा ३ सय २६ रन बनाएको थियो ।

तपाईको प्रतिक्रिया