काठमान्डाँै ।

गायिका प्रासना शाक्यको आवाजमा कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

नेपालको प्राकृतिक सुन्दरता र नेपाल प्रतिको प्रगाढ मायालाई भिडियोमा देखाइएको छ । अनिता सोनीको शब्द सिर्जना तथा संगीतकार भूपेन्द्र रायमाझीको संगीत संयोजन गीतमा रहेको छ । भिडियोलाई निकै आकर्षक र कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

यज्ञ पराजुलीको छायाँकन किङस मोसन पिचरको सम्पादन तथा सन्तोष सरकारको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा अनिता सोनी, दिपिका सोनी, अनुपमा रिजाल, रेखा पराजुली, आशा अटल, भारती पौडेल, ललिता जाजु, ललिता राठी, मिता आचार्य र कल्पना सिंह कलाकारहरू छन् ।

गीतको शब्द जति कोमल र मर्मस्पर्शी छ त्यसमा रहेको गाएकी र भिडियोको पक्ष निकै उत्कृष्ट छ । गीतलाई सह निर्देशक पवन शाह र निर्माता अनिता सोनी रहेकी छन ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया