नयाँदिल्ली : महेन्द्र सिंह धोनीले सन्यास लिएको एक घण्टापछि सुरेश रैनाले पनि सन्यास घोषणा गरेका छन्। ३३ वर्षीयले रैनाले पिन धोनीकै बाटो समातेका हुन्। उनले धोनीकै शैलीमा इन्स्टाग्राममा यसबारे जानकारी दिएका छन्। रैनाले लेखे, माही! तपाईंसँग खेल्न पाउँदाको समय धेरै प्यारो थियो। अब अगाडिको यात्रामा पनि म तपाईंकै साथमा चल्न चाहन्छु। सुरेश रैनाले ३० जुलाई २००५ मा श्रीलंकाविरुद्ध दाम्बुला वान डेबाट डेब्यु गरेका थिए। रैनाले १८ टेस्टमा ७६८ र २२६ वान डेमा ५६१५ रन बनाएका छन्। उनको नाममा ७८ टी-२० मा१६०५ रन रहेको छ। रैनाले टेस्टमा र वान डेमा ५ शतक लगाए। टी-२० मेा उनको नाममा एक शतक छ। उनले यसअघि चयनकर्ताहरुले आफूलाई बिनाकारण टिमबाट बाहिर राखिदिएको आरोप लगाएका थिए। उनले एक युट्यूब च्यानलमा भनेका थिए, ‘मलाई लाग्छ चयनकर्ताहरु सिनियरप्रति जिम्मेवार हुनुपर्छ। मसँग कुनै कमी भए मलाई बताउनुपर्थ्यो। जसले म सुध्रिन सकुँ। जबसम्म कारण पत्ता चल्दैन तबसम्म कोही कसरी सुध्रिन सक्छ?
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ
विराटनगर— धनकुटामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनकुटाको चौबीसे गाउँप...
२०८१ साल माघ ०५ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्य...
कर्णालीलाई हराउँदै सुदूरपश्चिमकाे लगातार तेस्राे जीत
काठमाण्डाै – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हासिल ग...
सैफ अली खानमाथि हमला ‘गर्ने’ संदिग्ध पक्राउ
मुम्बई, ४ माघ । मुम्बईको बान्द्रा प्रहरीले अभिनेता सैफ अली खान माथी शुक्रबार भएकाे हमालमा संलग्न एक संदिग्धलाई पक्राउ गर...
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय
काठमाडौँ, ४ माघ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधा...
राम स्याङ्गतान र कुमारी लामाको स्वरमा “हाम्रो मायाँ सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । विश्वको जुनसुकै कुना कन्दरामा पुगेता पनि आफ्नो पन र आफ्नो माटोलाई भुल्न कहाँ सकिन्छ र, हरेक क्षेण स्वदेश र घ...