संखुवासभा पुर्वी नेपालको एक बिशेश भौगोलिक बनावट, प्राकृतिक, सास्कृतिक र धार्मिक हिसाबले पनि भरिपुर्ण जिल्ला हो त्यत्ती मात्रै नभै विस्वको ८ हजार भन्दा माथिको १४ वटा हिमालहरु मध्ये एक मकालु पनि हो जसको उचाई ८४८१ मिटरमा अवस्थित छ भने संखुसभा कै तुम्लिङटार २८५ मिटरसम्म फैलिएको छ। हिउँदको कठ्याङ्ग्रीदो जाडोमा तुम्लिङटारको तापले सेकाई रहेको हुन्छ त बर्खाको तातो मौसममा मकालुको सिरोटोले सितलता दिई रहेको हुन्छ। अझ संखुवासभाको बिचबाट बग्ने अरुण र तमोर नदीले सुसाउदै बग्दा यहाँका सम्पुर्ण सजीव प्राणीहरुलाई ब्युझाई रहेको हुन्छ जसले गर्दा यो जिल्लाको सुन्दरताको बयान गर्ने शब्द कमी नै हुन्छ।

सभा र अरुण नदीको किनार, तुम्लिङटार जस्तो फाँट अनि मकालु जस्तो हिमाल बीच अनगिन्ती थुप्रै गाउँ बेसी वस्तिहरु छन्। जुन सेरोफेरोमा जन्मी हुर्की पछिल्लो समयमा वेलायतलाई कर्मथलो बनाउदै आएका छन् सेमन्त राई । साबिक मनकामना गा बि स ५ रातमाटेमा जन्मेका उनले आफ्नो जन्मथलो वरीपरी नै रमाउन रुचाउँछन्! सेमन्त एक कर्मनिष्ठ, निडर र बहादुर गोर्खाली सिपाही हुन जसले हिजो हाम्रो पीता पुर्खाले कमाउनु भएको बिरताको गाथा लाई निरन्तरता दीई संसारलाई गोर्खाली इतिहासलाई जीवीत राख्न आफ्नो जिम्मेवारी पुरा गरिरहेकाछन्।

ब्यस्त सैनिक जीवनसँग संसारकै हरेक सुविधा सम्पन्न शहरमा रहेर पनि उनलाई त्यहाँको बिलासी जीवनले कहिल्यै सन्तुष्टि दिएन। उनको भौतिक तन उता रहे पनि वास्तविक मन कहिल्यै त्यहाँ अडिन सकेन जसले गर्दा राईले कयौं दिन निदाउन सकेनन्! त्यहाँको बिलासी जीवन भन्दा उनलाई यहाँ आफू जन्मिएको संखुवासभाको पाखा पखेरा नै प्यारो लाग्छ भौगोलिक रुपमा टाढा रहे पनि जन्मस्थानको माया कहिल्यै मार्न सक्दैनन्। त्यसैले त अलकति समय मिल्ने बित्तिकै आफ्नो गाउँघरलाई सम्झेर मीठो सृजना गरिहाल्छन् । थुप्रै गित, कविता, गजल लेखी सक्नु भएका राईले केही आफ्नो रचनालाई श्रोता र पाठकहरु माझ पुर्‍याई सक्नु भएको छ भने केही आउने क्रममा छन्।

यहि शिलशिलामा भरखरै सेमन्त राईले “हाम्रो संखुवासभा” बोलको गित सार्बजनिक गरेका छन्। पुरानो संरचना अनुसार ३३ वटा गा वि स रहेको संखुवासभा जिल्ला अहिले नयाँ संरचनामा गए पछि ५ वटा गाँउपालिका र ५ वटा नगरपालिकामा सिमित भएको छ। राजनीतिक परिवर्तन सङ्गै राज्य पुनः संरचनाले गर्दा पुरानो संरचना भित्र रहेको नाम र गाउँसङ्ग संखुवासभावासीको ईतिहास जोडिएको हुन्छ त्यसैले त्यसलाई मर्न नदिन र दस्तावेजिकरण गर्न ३३ वटा नै साविक गा वि स को नाम समेटेर गित तयार गरेका छन्। उक्त गितमा पछिल्लो समयको चर्चित गायिका रिता राईले आवाज दिनु भएको छ। रिता राई नेपालको चर्चित रियालिटि शो भ्वाईस अफ नेपालको नक आउट रन बाट केही भोट कम भए पछि बाहिरिएकि थिईन्। गायिका रिताको जादुमय स्वरलाई आदरणीय सबै श्रोताहरु सामु प्रस्तुत गरी उनलाई प्रोत्साहन र हौसला प्रदान गर्नु पनि यस गीतको ध्येय रहेको छ। यस गितमा सङ्गित डि बि कुलुङ, र मनोज सङ्सोन राईको सङ्गित संयोजन रहेको छ। यस गितका सम्पुर्ण श्रष्टा, सर्जक र टिम नै संखुवासभाले जन्माएका प्रतिभा हुन्। यो टिमको सहकार्यले सफलताको शिखर चुम्दै जाओस् र गित सङ्गितले नयाँ उचाई लिन सकोस हार्दिक शुभकामना!

तपाईको प्रतिक्रिया