काठमाडौँ । चर्चित हास्यकलाकार तथा निर्देशक दिपाश्री निरौलाले आज आफ्नो जन्मदिन मनाएकी छिन् । बि.स. २०३२ साल भाद्र ७ गते औधोगिक सहर बिराटनगरमा जन्मिएकी दिपा आजबाट ४६ वर्षमा प्रवेश गरेकी छन् ।

जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखि उनका शुभचिन्तक तथा आफन्तहरुले शुभकामना दिएका छन् । यस्तै अभिनेता दिपकराज गिरीले पनि दिपाश्रीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

उनले आइतबार साँझ जन्मदिनको शुभकामना दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफुले बिहानै जन्मदिनको शुभकामना दिन थाहेको तर शब्द नपाएको बताएका छन् ।

उनले लेखेका छन् – बिहानै लेख्नु पर्ने तर शब्दै पाइन, २,४ घन्टा पर्खे ,दिमागमै आएन
बेलुका सम्मै ढुकें,केहि सिप लागेन ..
सायद भावना धेरै हूदॉ ,शब्दहरू आत्तिने रहेछन
तिम्रो केहि प्रशंसा गरौ भन्छू ,मेरै तारिफ हुन् जान्छ
तिम्रो खुशिको कामना गरौ, मुस्कान मलाइ नै फिर्ता आउछ
लडेर फेरी उठन सक्ने, ऑशु लुकाएर हॉस्न सक्ने
अरूकै खुशिमा हॉस्ने ,अरूकै खुशिमा बॉच्ने
यो भन्दा बढि शब्दहरू संग गर्न सकिन सामना
जन्मदिनको उपल्क्षमा तिम्लीइ करौडौ शुभकामना!!!

तपाईको प्रतिक्रिया