काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका लागि महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरिएको छ ।

उदयपुर सिमेन्ट उद्योग लिमिटेडका लागि महाप्रबन्धकको नियुक्तिका लागि गठित सिफारिस समितिले सूचना जारी गर्दै महाप्रबन्धक नियुक्तिका लागि गर्न लागेको खुल्ला प्रतियोगितामा सहभागि हुन इच्छुक योग्य उम्मेदबारलाई दरखास्तका लागि माग गरेको हो ।

महाप्रबन्धकका लागि इच्छुक योग्यता भएका व्यक्तिले भाद्र २१ गतेसम्म दरखास्त भर्न सक्ने छन् । दरखास्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौँमा दिन भनिएको छ ।

दरखास्त आवेदकले योग्यताको तथा अनुभव सहितको व्यक्तिगत विवरणका साथै उदयपुर सिमेन्ट उद्योग लिमिटेडको सु सञ्चालनका लागि बढीमा पाँच हजार शब्दको २ प्रति व्यवसायिक कार्ययोजना सिलबन्दी गरि पेश गर्नु पर्नेछ । व्यवसायिक कार्ययोजना अंग्रेजी वा नेपाली भाषामा लेख्न सकिने सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया