काेरोना महामारी मानिसका लागि तनावपूर्ण बनेको छ । नयाँ रोग विषयमा डर र चिन्ता हुनु स्वभाविकै हो । विशेषगरी, बालबालिका र वयस्कमा यसले नकारातमक असर गर्न सक्छ । सामाजिक दूरीले एकलोपना महुसस गराउन सक्छ । तनाव र चिन्ता बढाउन पनि सक्छ ।

स्वास्थ तरिकाले तनाव सामना गर्नु तपाई, तपाइलाई ख्याल गर्ने व्यक्ति र समुदाय बलियो बनाउनु हो ।
संक्रामक रोग प्रकोपको बेला तनावले डर र चिन्ताका काण तपाई र तपाईको प्रियजनको स्वास्थ्यमा समस्या ल्याउनसक्छ । वित्तीय अवस्था कमजोर हुनसक्छ ।

रोजगारी गुम्न सक्छ । व्यापार व्यवसाय घाटामा जान्छ । निद्रा वा खान्कीमा परिवर्तन हुनसक्छ । पुराना स्वास्थ्य समस्या बिग्रँदै जानसक्छ । मानिसक स्वास्थ्य अवस्था बिग्रदै जानसक्छ । त्यसैले यतिबेला होसियार भएर समझदारीले काम गर्नुपर्ने हुन्छ ।

 यदि तपाई कोभिड–१९संक्रमित हुनुभएको छ भने ‘के गर्ने ? भन्ने विषयमा थाहा हुनुपर्छ । यसका स्वयंले उपचारमा सुरु गर्नुअघि स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने र सल्लाह लिने गर्नुपर्छ ।

 कहाँ र कसरी उपचार सेवा सुविधा प्राप्त छ भन्ने विषयमा जानकारी लिनुपर्छ । यसमा परामर्श सेवा विषयमा पनि जानकारी राख्नुपर्छ ।

 भावनात्मक स्वास्थ्यलाई ध्यान दिनुपर्छ । जसले गर्दा आफू र आफ्नो परिवारको सुरक्षाका लागि तत्काल गर्नुपर्ने कार्यबारे सहज हुन्छ ।

 हेर्न, पढ्ने, सुन्ने सामाजिक सञ्जालसहितका समाचार समाग्रीबाट ‘ब्रेक लिने । महामारी विषमया बारम्बार सुन्दा निराश उत्पन्न पनि हुन सक्छ ।

 आफ्नो शरीर हेरचाह गर्ने । गहिरो श्वास लिने, ध्यान गर्ने । शरीर तन्काउने । )

 स्वास्थ, राम्रो सन्तुलित खाना खान कोशिश गर्ने ।

 नियमित व्यायम, प्रणायाम तथा योग गर्ने ।

 निद्रा पुग्नेगरी सुत्ने ।

 अत्यधिक रक्सी र लागूऔषध सेवनबाट जोगिने ।

 फुर्सदको पल बिताउने । आनन्द हुने केही गतिविधि गर्ने ।

 आफन्त, साथीभाइसँग जोडिने । आफूले विश्वास गरेको व्यक्तिसँग चिन्ता विषय आदानप्रदान गर्ने । आफूले गरेको महसुस सुनाउने ।

 आफ्नो समुदाय वा विश्वास गरिएको संगठनसँग सम्पर्कमा रहने । भौतिक दूरी कायम गरी वा अनलाइनमार्फत विचार व्यक्त गर्ने । सामाजिक सञ्जाल, फोन वा मेलमार्फत सम्र्पकमा रहिरहने ।

 अफवाहको पछाडि नलाग्ने ।

तपाईको प्रतिक्रिया