नेपाल आइडल सिजन २ बाट उदाएका दुई प्रतिभा अस्मिता अधिकारी र कृशल कडेलको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो साथमा रमाउ’ बोलको रोमान्टिक गीतमा निप्रिस उप्रेतीको शब्द, निप्रिस र पुरुषोतम सुवेदीको कम्पोज रहेको छ ।

नमराज घिमिरेले खिचेको भिडियोलाई शक्ति प्रज्ज्वल घिमिरेले निर्देशन र सम्पादन गरेका छन् । अस्मिता र कृशलको साथमा आवाज भरिएको यो पहिलो गीत हो ।

तपाईको प्रतिक्रिया