नेपालगन्ज : पछिल्लो समयकी लोकप्रिय अनि व्यस्त गायिका रचना रिमालको आवाज रहेको नयाँ गीत रिलिज भएको छ। सार्वजनिक “पहिलो पल्ट भेट हुँदा” बोलको गीतमा रचनाका अलवा सरोज ओलीको सुमधुर आवाज रहेको छ।
गीतमा दिनेश थपलियाको शब्द रहेको छ। त्यस्तै, चर्चित संगीतकार अर्जुन पोखरेलले गीतमा पृथक संगीत दिएका छन् । गीत एकदम मेलोडियस बनेको छ।
गीतको अडियोसंगै भिडियो पनि उत्कृष्ट अनि आकर्षक बनेको छ। भिडियोमा नेपाली चलचित्रका चर्चित नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड छन् । भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।
सिनेम्याटोग्राफर नवराज उप्रेतीले भिडियोलाई आकर्षक अनि गजब फ्रेममा खिचेका छन् । भने, भिडियो सम्पादन अमान मानन्धरले गरेका हुन् ।
गीतको भिडियो गजब टिभीको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..




































