चर्चित गायक राजेश पायल राईको आवाजमा खै के भयो सार्बजनिकभएको छ । रमेश मगरको शब्द संगीतमातयार भएको गीत सन्तोष डुमी अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको हो ।
केहीबर्षदेखी बैदेशिक रोजगारीकाक्रममा दक्षिण कोरियामा बसोवास गर्दै आएकागीतकार रमेश मगरले सुस्त हावा, नसम्झाउ अतित काति तिता पल लगायतका गीतमा शब्द संगीत दिईसकेका छन् ।
सार्बजनिक गीतलाई राजु कार्कीले संगीत संयोजन गरेकाहुन् । चर्चित प्रांकस्टार एलिस राई, नग्माश्रेष्ठ, निनाहाङ राई अभिनितगीतको भिडियोलाई धन खालिङ र श्री थापाले खिचेका हुन् भने धन खालिङले नै सम्पादन गरेकाहुन् ।
आफुले मन पराएको सबै कुरा पाउन सकिन्न भन्ने सन्देश दिनखोजिएको यस भिडियोलाई किशन भुषालले कोरियोग्राफि गरेका हुन् । जस्केको क्रियसनको प्रडक्सनमा तयार भिडियोलाई गायकतथा संगीतकार सन्तोष डुमीले निर्देशन गरेकाहुन् ।
राजेश पायल राईको ‘खै के भयो’ सार्बजनिक
