काठमाण्डौ । गायक पवन गिरिको आवाजमा रहेको नयाँ गीत ’काठमाण्डौको साढेसात’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द रहेको गीतमा कल्याण सिंहसंग मिलेर पवन गिरीले कम्पोज गरेका छन् । राज पोख्रेलले खिचेको भिडियोमा सुजेय गौतमको कन्सेप्ट रहेको छ । भिडियोलाई प्रतिक ढुंगेलले सम्पादन गरेका छन् ।

गायक गिरीले नेपाल आइडलको दोस्रो सिजनमा उत्कृष्ट प्रस्तुति दिएर चिनिएका थिए । यसअघि पनि उनले बधाई छ लगायतका बोलको गीत गाएर आफ्नो क्षमता देखाइसकेका थिए ।

तपाईको प्रतिक्रिया