नायिका स्वेता खड्का नयाँ फिल्ममा अनुबन्धित भएकी छिन् । फिल्म ‘मेरी मामु’ निर्देशन गरेका निर्देशक यम थापाले निर्देशन गर्ने नयाँ फिल्ममा स्वेता अनुबन्धित भएको बताइएको छ।

‘मेरी मामु’ र ‘राज्जा रानी’ लगायतका फिल्म निर्देशन गरिसकेका थापाको निर्देशनमा बन्ने नयाँ फिल्मको नाम भने खुलाइएको छैन। फिल्ममा स्वेता आमाको भूमिकामा रहने बताइएको छ । यकिन भने भइसकेको छैन । यस फिल्मको कथा तथा निर्देशन यम थापा स्वयंको रहने छ ।

पारिवारिक कथामा बन्ने उक्त फिल्मका लागि मौखिम सहमती भैसकेको स्वेताले बताएकी छिन् । थापाले सुनाएको कथा मनपरेपछि मौखिक रुपमा काम गर्छु भनेको स्वेताले बताइन् ।

आफै फिल्म निर्माणमा जुटेकी स्वेताले पछिल्लो दुइ बर्ष यता फिल्ममा अभिनय गरेकी छैनन् । आफैंले निर्माण गरेको फिल्म ‘कान्छी’ पछि निर्देशक एभरेष्ट सूर्य बोहराको ‘हेल्लो जिन्दगी’ साइन गरेकी थिइन् । तर, घाँटीमा ट्यूमर देखिएपछि उनले यो फिल्म पुरा गर्न सकिनन् ।

तपाईको प्रतिक्रिया