सिमकोट – कर्णालीको वास्तविकता झल्किने विषय समेटेर निर्माण गरिएको चर्चित कालो पोथी फिल्मका निदेर्शक मिमबहादुर भाम हुम्ला जिल्लाको संरक्षित क्षेत्र लिमी भ्याली पुगेका छन् ।

नयाँ फिल्म सुटिङका लागि उपयुक्त दृश्य र स्थलको संभावित अध्ययनका लागि निर्देशक भाम लिमी पुगेका हुन्।

अहिलेको कोरोना कहरका बेला कर्णालीको मौलिकता झक्लिने दृश्यको अवलोकन तथा संभावित चलचित्रको सुटिङस्थल छनौटका लागि लिमी पुगेको निर्देशक भामले बताए।

एक हप्ता लिमीमा बिताएर सदरमुकाम सिमकोट फर्किएका भामले लिमी भ्याली सुटिङ्गका लागि उपयुक्तस्थल भएको तर प्रचार अभावले ओझेलमा परेको बताए।

वन जंगल, झरना, उच्च क्षेत्रका पाटन, पाल, नदी जंगली जन्तु, लिमी भ्यालीको रहनसहन सबै सुटिङ्गका लागि योग्य भएकोले आफू लिमी पुगेको बताए।

अर्को नेपाली भूमिबाट प्रसिद्ध धार्मिक स्थल मानसरोवर कैलाशको समेत दर्शन गर्न सकिने भएको कारण पनि यो क्षेत्र महत्व रहेको बताए।

सबै कुरा उपयुक्त हुँदाहुँदै यातायातको कठिनाईका कारण खर्चिलो भने बढी हुने उनको भनाई छ ।

हुम्लाको लिमीमा भएका कुरा बाहिर ल्याउन स्थानीय र प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उनले बताए।

तपाईको प्रतिक्रिया