“बरु वनको बाघले खाओस्, मनको बाघले नखाओस् ।” यो नेपाली उखानलाई ‘ढोका’ फिल्ममा उतारिएको छ ।

विश्वमै महामारीको रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई लिएर बनेको ‘ढोका’ फिल्म सार्वजनिक भएको छ ।

वन्डेड लायन प्रोडक्सन र डिएआर मुभिज एन्ड फिल्मसको संयुक्त प्रस्तुति रहेको ‘ढोका’ फिल्मको लेखन तथा निर्देशन नायक दिवश धितालले गरेका छन् ।

नायकको रुपमा काम गरेका दिवसले पछिल्लो समयमा निर्देशनमा पनि काम गरिरहेका छन् । दिवशले यसमा कलर डिजाइन पनि गरेका छन् । आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई ढोका मार्फत उतारिएको निर्देशक धितालले बताए ।

फिल्मको छायांकन तथा सम्पादन बरुण कोइरालाले गरेका छन् । वरुण भारतमा गएर छलचित्र छायांकन अध्ययन गरेर केही वर्ष भारतको चलचित्र उद्योगमै छायांकनको अनुभव लिएर नेपाल आएका छांयाकार हुन् ।

बरुणले यस फिल्ममा साउण्ड डिजाइनको पनि काम गरेका छन् । ‘ढोका’लाई राजाराम गौतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकारहरु आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=_ie3HYNs8NI&feature=emb_title

तपाईको प्रतिक्रिया