‘नेपाल आइडल सिजन थ्री’ कि बिजेता हुन् सज्जा चौलागाईं । पुर्ख्यौली घर मोरङको पथरीमा भए पनि सज्जा काठमाडौँमा नै जन्मे हुर्केकि हुन् । सज्जा स्कुल पढ्दा देखिनै गीत गाउने गर्थिन् । स्कुले प्रतियोगिता हरुमा सज्जाले केहि पुरस्कारहरु जितिसकेकी छिन् । आफ्नो दैनिकी चलाउन सज्जा रेस्टुरेन्टहरुमा गीत पनि गाउथिन् ।

कोरोनाले गर्दा सज्जाको रेस्टुरेन्टमा गाउने काम रोकिएको छ । सज्जा नेपाल आइडल बनिसकिन् । तर, अझै पनि त्यो काम गर्न पछि नसर्ने उनको भनाई छ । कसैले पनि आफ्नो धरातल बिर्सिन नहुने सज्जाको बिचार हो । रेस्टुरेन्टका साउजिले काममा बोलाए भने त्यो काममा जान सज्जा तयार छिन् ।

सज्जा को एउटा ब्याण्ड पनि छ । द लोडिङ । त्यसो त सज्जा ले अहिलेसम्म तीन वटा मात्रै गीत रेकर्ड गराएकी छिन् । ‘गुलाब सरी’ बोलको सज्जाको डेब्यु गीत हो । सज्जा ले चलचित्र ‘ए मेरो हजुर ४’ का लागि पनि एउटा गीत गाएकी छिन् ।

सज्जा काठमाडौँमा आफ्नो भाइसँग बस्छिन् । सज्जा कि आमा रोजगारी को सिलसिलामा साइप्रसमा हुनुहुन्छ भने बाबा मोरङमै बस्नुहुन्छ । आमा बुवा साथमा नहुदा सज्जालाई नरमाइलो लाग्छ । ‘अब चाहिँ ममिलाई विदेशबाट जसरी भएपनी बोलाउछु’ सज्जाले सुनाईन् ।

‘मम्मी विदेश जान लाग्दा म धेरै रोएको थिए । मलाई विश्वास नै लागेको थिएन । तर, खादा लाएर ट्याक्सी चढेपछी बल्ल विश्वास भयो ।’ नेपाल आइडलबाट आएको पैसा र ममिले जम्मा गरेको पैसाले एउटा घर बनाउने सज्जाको चाहाना छ ।

सज्जाले नेपाल आइडल आउनु अगाडि अस्ट्रेलिया जानलाई एप्लाई गरेकी थिइन् । तर, उनको भिसा आएन । त्यतिबेला उनलाई निकै चिन्ता लागेको थियो । ‘त्यतिबेला भिसा आएको भए म यो ठाउँमा पुग्दिन थिए । केही नराम्रो भयो भने राम्रोको लागि भएको हो भनेर बुझ्नुपर्छ ‘ सज्जाले भनिन् ।अझै पनि सज्जाको पासपोर्ट मेनपावरमै छ ।

व्याण्ड मेम्बरहरुको आग्रहमा सज्जाले नेपाल आइडलको अडिसन दिएकी थिइन् । अडिसनमा पनि सजिलै सेलेक्ट भएकी सज्जालाई आउट हुन्छु कि भन्ने कहिले लागेन । ‘बटम थ्रीमा पर्दा पनि आउट हुन्न भन्नेनै लाग्यो । पर्फमेन्स बिग्रेको दिन पनि आउट हुन्छु कि भनेर सोचिन । अनुहारमा डर देखिन्थ्यो तर मन भने ढुक्क थियो ।’

टप फाइभमा पुगेपछी त सज्जाले नेपाल आइडल सिजन थ्रीको उपाधि आफैले जित्छु भन्ने दृढता बोकेकी थिइन् । केटाहरुलाई जसरी भए पनि पछार्छु भन्ने उनले सोच थियो । भयो पनि त्यस्तै । यतिबेला सज्जा निकै खुसी छिन् । सज्जाले अब मेनपावरबाट पासपोर्ट फिर्ता ल्याउने रे ।

जे होस, नेपाल आइडलकै इतिहासमा पहिलो पटक कुनै महिला विजेता भएकी छिन् । उनै सज्जासँग गरिएको संघर्ष र सफलताको कुरा ग्ल्यामर गफमा हेर्नुहोस :-

तपाईको प्रतिक्रिया