उत्तर तिर हिमालको पर्खाल
दक्षिणमा फाँट छ।
यो मेरो देश जगतको सुन्दर
हो भन्ने आँट छ ।।
१।।

हामीलाई हाम्रो देशको माया
आमा झैँ लाग्दछ।
सिमामा पुगेर पहरा देऊ भनि
मुटुले भन्दछ।।
२।।

गौरव शाली इतिहास मेरो
छ जन्म भूमिको।
यो देशकालागि जीवन दिने
ती वीर सपुतको ।।
३।।

नजर भरी यो देशलाई हेरी
जगत आई डुल्दछन्।
विश्वमा कीर्ति राख्नलाई शेर्पा
हिमाल चढ्दछन्!
४।।

इतिहास हाम्रो वीरको कथा
पत्थरमा लेख्दछ।
शहीदले रगत पोखेको भूमि
गौरवले भन्दछ ।।
५।।

ईश्वर पनि कैलाश मुनि ॐकार गाउँदछन ।
बासुरी घुन श्यामले राधा लिई बजाउँदछन्
६।।

कर्णाली काली देशमा जलको
भण्डार भरेर ।
नेपाली मिलौ एक जुट बनि
पौरख गरेर ।।
७।।

तपाईको प्रतिक्रिया