१०७ औं वी.पी जयन्तीको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै बुधबार बिहान छुट्टाछुट्टै कार्यक्रमका बीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेल अन्तर्गत हाडजोर्नी विभागमै गई (१००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड) र वीर अस्पताल अन्तर्गत नाक, कान, घाटी विभागमै गई (१००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड) नेपाल तरुण दल केन्द्रिय समितिले हस्तान्तरण गरेको हो ।
त्यसै गरी यस काममा स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग पुर्याउने नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानलाई नेपाल तरुण दल केन्द्रिय समितिले धन्यवाद समेत ब्यक्त गरेको छ । कार्यक्रममा तरुण दल केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो । कोरोनाको महामारीको अवस्थामा अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीलाई सबैले सम्मान गर्नुपर्ने तरुण दल अध्यक्ष बस्नेतको भनाई रहेको छ ।
तरुण दलले यस अगाडी पनि अनाथ बालबालिका र वृद्धाहरुलाई फलफुल र स्वास्थ्य सामग्री वितरण गरिसकेको छ । आफुहरुको यो काम यहाँ नरोकिने र अगाडी पनि यस किसिमको काम गरिरहने तरुण दल उपाध्यक्ष उत्तम चापागाईंले बताएका छन् । यस्तै जुनसुकै अवस्थामा पनि जनताको लागि तरुण दल एकबद्ध भएर अगाडी आउने समेत तरुण दल कोषाध्यक्ष विद्वान गुरुङले बताए ।

तपाईको प्रतिक्रिया