एजेन्सी– तेस्रो तथा अन्तिम टी-२० खेलमा इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको अष्ट्रेलिया फेरि टी-२० विश्व बरियतामा शीर्ष स्थानमा उक्लिएको छ ।

अष्ट्रेलियाको जीतसँगै तीन टी-२० आई सिरिज २–१ मा सकिएको छ । यसअघि इंग्ल्याण्ड पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो ।

लगातार दुई जीतले इंग्ल्याण्ड विश्व बरियतामा शीर्ष स्थानमा समेत उक्लिएको थियो । दुबै टोलीको समान २ सय ७३ रेटिङ अंक हुँदा तेस्रो खेल जीत्ने टोली विश्व बरियतामा शीर्ष स्थानमा उक्लिने समीकरण बनेको थियो ।

जीतका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । जीतसँगै अष्ट्रेलिया २ सय ७५ रेटिङ अंकका साथ शीर्ष स्थानमा पुगेको छ ।

दोस्रो स्थानमा रहेको इंग्ल्यान्डको समान खेलमा २ सय ७१ रेटिङ अंक छ ।

तपाईको प्रतिक्रिया