काठमाडौं– फ्रेन्च लिग वानको नयाँ सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। लिगअन्तर्गत बिहीबार राति भएको खेलमा पीएसजी लेन्ससँग १–० ले पराजित भएको हो।

स्टार खेलाडीहरू नेयमार, केलियन एमबाप्पे, एन्जल डी मारिया लगायतका खेलाडीबिना मैदान उत्रिएको पीएसजी पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफको ५७औँ मिनेटमा गोल खायो।

लेन्सका लागि ५७ औँ मिनेटमा गानागोले गरेको गोल नै निर्णायक बन्यो। लिग वानमा यहि सिजन बढुवा भएर आएको लेन्सले च्याम्पियन पीएसजीमाथि जीत निकालेको हो।

पीएजीले अब आइतबार मार्सेइलीसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया