काठमाडौं । बझाङको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाको बारेमा सामाजिक सञ्जालमा जथाभावि लेख्ने विरुद्ध दिपेन्द्र सिंह मुद्दा दायर गरिएको छ । नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्ष बनेका रोकायामाथि नेकपा समर्थक सिंहले विभिन्न आरोप लगाउदै सामाजिक सञ्जालमा अश्लिल र अभद्र प्रकारको स्टाटस लेखेका छन ।

सिंहले सामाजिक सञ्जालमा अध्यक्ष रोकायालाई बोका भन्दै अपशब्द प्रयोग गरेका छन् । यो सँगै भ्रष्ट्राचार गरेर छोरीका नाममा ४ करोडको घर नामसारी गर्दिएको पनि आरोप लगाइएको वर्ख कि छोरी सोनिका रोकायाले बताइन ।

विभिन्न आरोप लगाउदैँ आफुलाई काम गर्ने बातावरणमा खलल पुुयाएको बर्खले बताए । विभिन्न समयमा विभिन्न आरोप लगाउदैं अश्लिल र अराजक भित्राउने गरेका सिंहले आफुले गाउँमा नकारात्मक किसिमको हल्ला समेत फैलाएको तर सोनिकाले यी सबै आरोपहरु गलत भएको बताइन् । पछिल्लो समय गाउँमा नेकपा परित्याग गरेर कांग्रेसमा प्रवेश गर्ने लहर चलिरहेको समयमा दिपेन्द्रले व्यक्तिगत रुपमा रोकायाको छवि धुलमिल पार्नका लागि गैरजिम्मेवार खालका कुराहरु राखेको उनको बुझाई रहेको छ ।
उनले छान्ना, प्रहरी चौकीमा उजुरी दर्ता गराएकी छिन् । उजुरीपछि फरार भएका दिपेन्द्रलाई प्रहरीले अहिले खोजिरहेको छ ।
थप भिडियो हेर्नुहोस्
https://youtu.be/fBjrck8yd8w

तपाईको प्रतिक्रिया