काठमाडौँ । कोरोनाको महामारीले अहिले अन्तर्राष्ट्रिय जगतमा नै आतकित त्रसित बनेको समयमा हाम्रो देश पनि अछुतो रहन भने सकेको छैन अहिले पनि पुरै देश बन्दा बन्दिको अबसतामा रहेको छ। लकडाउनले गर्दा यसको प्रत्यक्ष अप्रत्यक्ष रुपमा सांगितिक क्षेत्रमा पनि प्रभाव परिरहेको छ । दिनहुँजसो भिडियो छायांकनमा व्यस्त हुने कलाकारहरु, रेकर्डिङमा व्यस्त हुने गायक,गायिका,गीतकार तथा संगीतकारहरु यतिबेला लकडाउनले गरेर घरमा नियमको पालाना गर्दै बसिरहेका छन्

बिदेशीभुमिमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने नेपाल र नेपालीहरु को हरेक दुख :पीडामा साथ र सहयोग गर्दै ! आउनुभयको गितकार,गजलकार तथा समाजसेबी यशु थापाले आफनै शब्दमा ‘आगमन’ बोलको गित आफनो अफिसल युट्युब च्यालन मार्फात सार्वजनिक गर्नुभयकोछ !

यस गितको शब्द भने गीतकार तथा समाजसेबी यशु थापाको आफनै रहेको छ। यस गितमा स्वर र संगीत राज सागरको रहेकोछ। संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । भिडियोलाई अमिर शेकले निर्देशन गरेका हुन् भने छायांकन रुपेश थापाको छ । यस गीतको भिडियोमा दमदार अभिनय अमिर शेक र जयतोसना योगिको रहेको छ।

दिन दुखीहरुको सेवामा निकै अग्रसरता भएर लाग्दै आएकी समाजसेवी यसु थापा(यशोदा)को शव्द रचनामा तयार गीत उनको आफ्नै युट्यूब च्यानल यसु थापाबाट सार्वजनिक भएको छ ।यशु थापाको गीत रचनामा राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जित्न सफल यशुको रचनामा थुप्रै गायक गायिकाले स्वर दिएका छन। लामो समय देखि गित संगीतमा आफ्नो बलियो कमल चलाउदै आएकी थापाले निकै चर्चित चर्चित गायक गायिकाको आवाज धेरै गित रेकर्ड गराइसकेकि छन् (भिडियो हेर्नुहोस )

तपाईको प्रतिक्रिया