काठमाडौ । नेपालको पर्यटन एवं खेलकुद क्षेत्रको समष्टिगत प्रचारप्रसार एवं प्रवद्र्धनकालागि सूचना र समाचारको माध्यमद्वारा प्रचार गर्न ‘पर्यटन तथा खेलकुद नेपाल’प्रकाशनमा आउने भएको छ । ‘नेपाल पर्यटन विकास अनुसन्धान मन्च’को सहयोगमा मासिक रुपमा प्रकाशनमा आउन लागेको यस प्रकाशनमा नेपालको कला संस्कृति साँस्कृतिक प्राकृतिक विविधता नेपालको पर्यटन क्षेत्रको प्रचुर प्रचार गर्दै विश्वमा नेपालको पर्यटनलाई चिनाउने र यस क्षेत्रको समग्र विकासको साथै साहसिक खेलकुद्को एक गन्तब्य मुलक नेपाल बनाउने लक्ष्य लिएको छ ।

यस पर्यटन र खेलकुद नेपाल मासिकका प्रकाशक एवं सम्पादकमा प्रज्वल थापा रहेका छन । अंग्रेजी र नेपाली दुवै माध्यमबाट आगामी कात्तिक महिना देखि प्रकाशित हुने यस मासिकले प्रत्येक वर्ष नेपालको पर्यटन र खेलकुद बिधामा कलम चलाउने स्वदेशी पत्रकारहरु मध्य दुई जनालाइ सम्मान समेत गर्ने छ । विश्व महामारिको रुपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले नेपालको पर्यटन क्षेत्र गम्भीर अवस्थामा पुगेको वर्तमान अवस्थालाई समेत दृस्टीगत गर्दै यसले आगामी दिनमा नेपालको पर्यटन र साहसिक खेलकुद क्षेत्रलाई बिश्वमाझ प्रचार गर्दै थप उचाईमा पु¥याउन सहयोगी भुमिका खेल्ने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया