काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

बुधबार रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर एक-एक रुपैयाँ घटाइएको हो ।

समायोजित मूल्यअनुसार अब डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ९०-९० रुपैयाँ पर्नेछ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकाले डिजल र मट्टितेलको भाउ घटाइएको निगमले जनाएको छ ।

पेट्रोल,हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया