गायक सज्जन धामीको नयाँ मेलोडिसय गीत रिलिज भएको छ। शुक्रबार रिलिज भएको ‘आँखा गाजल’ बोलको गीतमा सज्जन धामीकै शब्द, संगीत अनि सुमधुर आवाज रहेको छ।

प्रेम सम्बन्धमा रहेको प्रेमिल जोडिको कथालाई सज्जनले गीतमा उतारेका छन् । अन्य गीतहरू भन्दा यस गीतमा सज्जनले फरकपन दिएका छन् । प्राय लोकपप गीत गाउने सज्जन पछिल्लो समयमा मेलोडियस गीत सृजना अनि गाउँदै आएका छन् । यो गीत पनि एकदम मेलोडियस छ। सुन्दा आनन्द आउने अडियो बनेको छ।

गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा लोकप्रिय मोडल अन्जली अधिकारी र सौगात मिश्र फिचर्ड छन् । भिडियोमा उनीहरुको केमिस्ट्री गजब देखिएको छ।

भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काले भिडियोलाई आकर्षक फ्रेममा खिचेका छन् ।भने, लक्ष्मण चौहानले भिडियो सम्पादन गरेका हुन् ।

गीतको भिडियो एसथ्रीके इन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..

तपाईको प्रतिक्रिया