भर्खरै मात्र बीएमसीले बलिउड अभिनेत्री कंगना रनौतको कार्यालय अवैध निर्माण गरेको भन्दै तोडफोड गरेको थियो । जुनबेला कंगना र शिवसेनाबीच शितयुद्ध चलिरहेको थियो । आज कार्यालय तोडफोड भएको ८ दिनपछि कंगनाले अफिसको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । आफ्नो अफिस तोड्दा कंगना धेरै दुखि छिन् । उनले कार्यालय आफ्नो लािग मन्दिर भएको बताइन् । बीएमसीमाथि क्रोध देखाउदै एकैपटक ३ वटा ट्विट गर्दै लेखेकी छिन्, ‘आफ्नो सपनाहरुको, हौसलाहरुको र आत्मसम्मानको बलात्कार’

उनले आफ्नो मन्दिरलाई चिहान बनाएको समेत आरोप लगाएकी छिन् । कंगनाले ट्विट मार्फत बिएमसीको कार्यले २ करोड रुपैयाँ नोक्सान पुर्याएको पनि बताएकी छिन् । उनको कार्यालय ४८ करोडमा निर्माण भएको थियो । कंगनाको उक्त कार्यालय १५ जनवरीमा ओपनिङ हुने कंगना आफैले यस भन्दा पहिले जानकारी दिएकी थिइन् । उनले घोषणा गरे लगत्तै कोरोना महामारी फैलिएकाले उनको काम रोकिएको थियो ।

उनले अब तत्काल पुनः निर्माण गर्ने आफुसँग पैसा नभएको जानकारी पनि दिएकी छिन् । उनले त्यहि भग्नावशेषबाट नै काम गर्नेछिन् ।

तपाईको प्रतिक्रिया