असोज ३ गते,
काठमाडौं, नेपाल

कुनै बेला नेपालीहरुले लोडसेडिङको समस्या झेल्नु परेको अवस्था ताजै छ । दैनिक १८ घन्टा लोडसेडिङ हुँदा कतिबेला बत्ति आँउछ र काम गर्न पाउला भन्ने अवस्था पनि थियो । हरेक ब्यक्तिहरुले लोडसेडिङको तालिका हेरेर मात्र त्यही अनुसार काम गर्नुपर्ने हुन्थ्यो । बिधुत खपत घटाउने भन्ने नाटकमा लोडसेडिङ गरिएको थियो । साथै बिभिन्न सोलार कम्पनी र अन्य कम्पनीको मिलेमतोमा पैसा लिएर लोडसेडिङ गराइएको कुरा पनि खुल्न पुग्यो ।

लोडसेडिङले गर्दा हरेक नेपालीले भोग्नु परेको समस्या र पिडालाई मध्यनजर गर्दै कुलमान घिसिङको नेतृत्व आएपछि त्यसको समाधान भएको थियो । कुलमान घिसिङ नेपाल बिधुत प्राधिकरणमा नियुक्त भएपछि नेपाल लोडसेडिङ मुक्त पनि भयो । नेपालमा बिधुत खपत गराएर पनि लोडसेडिङ मुक्त गराउन सकिन्छ भन्ने ज्वलन्त उदाहरणको रुपमा कुलमान घिसिङले मात्र देखाउन सके । त्यसैले पनि कुलमान घिसिङलाई उज्यालो नेपालका अभियन्ता संगै लाखौ नेपालीहरुले भगवान स्वरुप मान्न थाले ।

अहिले कुलमान घिसिङको कार्यकाल सकिएको अवस्था छ । हरेक नेपालीले अहिले कुलमान घिसिङलाई नै चाहेका छन् । कुलमान घिसिङको पुनः नियुक्तिको माग गरेका छनु । तर नेपाल सरकार भने यसबारेमा आनाकानी गरेको अवस्था छ । यसै बिषयलाई लिएर हरेका नेपाली आफ्नो सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्दै कुलमान घिसिङको पुनः नियुक्तिको माग गरेका छन् । के साच्चै नेपाल सरकारले कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ला त ? यस बिषयमा सबैको चासो बढेको देखिन्छ ।

राम्रो काम गर्नेलाई काम गर्न नदिने अनि भ्रष्टचारीलाई मात्र संरक्षण गर्ने भन्ने कुरा पनि सामाजिक सञ्जालमा टिकाटिप्पणी आएका छन् । कुलमान घिसिङले आफ्नो कार्यकालमा राम्रो काम गरेको कारणले उनलाई रुचाएका हुन् । त्यसैले पनि कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नु बाहेक अरु कुनै बिकल्प देखिएको छैन । यसै बिषयलाई आधारित बनाएर चर्चित नायिका तथा मोडल आशा भुषालले आफ्नो सामाजिक सञ्जालमा केही बिचार ब्यक्त गर्नुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जालमा गरेको टिकाटिप्पणी जस्ताको त्यस्तैः

 

तपाईको प्रतिक्रिया