सुन्दरता र अभिनयका कारण अभिनेत्री सारा सिर्पालीको राम्रो चर्चा हुने गरेको छ । तर, चर्चा भए अनुसार उनको करिअरले भने गति लिन सकेको छैन । अभिनेता निखिल उप्रेती स्टारर फिल्म ‘रुद्र’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले दोस्रो फिल्म ‘पिंजडा ब्याक अगेन’ मा पनि निखिलसँगै जोडी बाँधिन् । दुवै फिल्ममा उनको अभिनय रुचाइयो तर फिल्मले हलमा घुँडा टेक्यो ।

एक समय निखिल उप्रेतीसँग काम गर्ने अभिनेत्रीको भाग्य चम्किन्छ भन्ने भनिथ्यो । तर, साराको हकमा त्यो हुन सकेन । निखिलसँग काम गरेका दुई फिल्मको असफलताले उनीमाथि गिनेचुनेका ब्यानरको नजर पर्न सकेको छैन । ‘निखिल क्याम्प’ बाट बाहिरिएपछि उनले तेस्रो फिल्मको रुपमा ‘सुश्री सम्पत्ति’ मा काम गरिन् । तर, यसले पनि उनलाई हिटको सुख दिन सकेन ।

फ्लप फिल्ममा ह्याट्रिक गरेकी उनलाई अहिले ‘अनलक्की नायिका’ भन्ने गरिएको छ । यद्यपि, उनले हार खाएकी छैनन् । कुनै एक फिल्मले आफ्नो करिअरलाई गति दिनेमा उनी विश्वस्त छिन् । फिल्म ‘गुञ्जन’ को छायांकन सकेर बसेकी उनी ‘सुश्री सम्पत्ति’ रिलिजताका अनमोल केसीसँगको प्रेम सम्बन्धका कारण चर्चामा थिइन् । तर, उनले यो कुरालाई अफवाह बताउँदै आएकी छन् ।

इन्स्टाग्राममार्फत् उनले आफू कसैको प्रेममा रहेको संकेत भने गरिरहेकी हुन्छिन् । शुक्रवार साँझ इन्स्टामा आफ्नो एक तस्विर शेयर गर्दै उनले ‘के कसैलाई थाहा छ म कति माया गर्छु ?’ भनेर सोधेकी छन् । उनले आफू कसैलाई गोप्य माया गर्ने बताउन खोजेकी छन् । हुनत, कलाकारहरु लुकिछिपी माया गर्न सिपालु मानिन्छन् । यो मामलामा सारा कसरी अपवाद हुन सक्छिन् ?

तपाईको प्रतिक्रिया