काठमाडौं – चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) को आज जन्मदिन परेको छ । सोलुखुम्बुको नेचाबेतघारीमा जन्मिएका धुर्मुस आजबाट धुर्मुस ३७ वर्षमा लागेका छन् ।

जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ । हाँस्यशृखला मेरी बास्सै बाट धुर्मुस नामले चिनिएका उनी अहिले सामाजिक कार्यमा धेरै न अघि छन् ।

चलचित्रमा पनि अभिनय गरिसकेका उनले भूकम्प पिडितहरुलाई बस्ती बसाईदिने र विभिन्न सामाजिक अभियानमा समेत सक्रिय रहने कार्य गरे ।

कलाकरितासँगै समाज सेवामा समेत सकृय रहेका उनी अहिले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काममा जुटिरहेका छन् ।

यस्तै आज जन्मदिनको अवसरमा उनलाई केदा घिमिरे (माग्नेबुढा)ले पनि शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिदै भनेका छन् – ‘कलाकार/लेखक/ निर्देशक /समाजसेवी मित्र सिताराम जीलाई जन्मदिनको 3 टडक् शुभकामना। साथै रंगशाला निर्माणको सम्पन्नताको लागि अग्रिम शुभकामना। जय जन्म।’

तपाईको प्रतिक्रिया