काठमाडौं । गायक लोचन रिजाललाई कोरोनाभाइरस संक्रमण भएको छ । ‘चन्द्रमा’, ‘भुल्न खोज्छु’ गीतका गायक लोचनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमामार्फत उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

हालै धुलिखेल अस्पतालमा गराएको स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजेटिभ आएको उनले फेसबुकमा लेखेका छन् । उनी हाल आइसोलेसनमा बसेका छन् ।

उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्यमा समस्या देखिनेबित्तिकै कोरोना परीक्षणका लागि जान पनि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया