राजनितीमा अलिकती पनि चासो राख्ने हरुका लागी राम नारायण बिडारीको नाम कुनै नौलो होइन। रास्ट्रीय सभामा गरेको कडा प्रस्तुतीका कारण राम नारायण बिडारी राजनैतिक परिवृतमा मात्रै होइन टिक टक प्रेमी हरुमा समेत चर्चित छन्। उनको आवाजमा थुप्रै ले थुप्रै खाले टिक टक बनाएका छन्।

कुसल कानुन व्यवसायीका रूपमा पनि राम नारायण बिडारी उत्तिकै लोकप्रिय र चर्चित छन्। उनि थुप्रै कलाकारको पनि कानुनि कन्सलट्याण्ट हुन्। उनि केहि कलाकारसंग नजीक पनि छन्।

मानिसले उनलाई हाक्की सांसदको रुपमा पनि चिन्छन्। उनि आफ्नै पार्टिका नेताको पनि बिरोध गर्छन्। कुसल नेता र अधिवक्ताको परिचय बनाएका बिडारीले फिल्म खेल्ने अफर आए स्विकार्ने बताएका छन्।

‘कसैले फिल्मको अफर गर्ला भनेर मैले सोचेकै छैन। तर, कसैले प्रस्ताव राख्नु भयो भने स्वीकार गर्छु। के ठुलो कुरो हो र?’ उनले भने-‘त्यो एउटा ठुलो विधा हो। म पो त्यो विधाको अध्यारोमा परे त। त्यो विधाले समाजलाई धेरै सचेत पनि गराउछ।’

कला समाजको भयङ्कर ठुलो कुरा भएको उनको भनाइ छ। ‘समाज परिवर्तनको लागि अत्यन्त महत्त्वपूर्ण कुरा हो। गीत, नृत्य, संगीतका माध्यमबाट सारा परिवर्तन हुन सक्छ’ उनि भन्छन्-‘कला क्षेत्रमा जना पाउदा मलाइ गर्व लाग्नेछ। म त्यो विधामा जान सकिन। त्यो मेरो कमजोरी हो’

त्यसो त, उनले धेरै फिल्म हेरेका छैनन्। उनि एकाध कलाकारलाई मात्र चिन्छन्। राजेश हमाल, रेखा थापा, भुवन केसी, करिश्मा मानन्धर, अन्जु पन्त उनले चिनेका कलाकार हुन्। सम्पूर्ण जीवन अधिवक्ता र राजनीतिज्ञ भएर बितेकाले आफु कला क्षेत्रसंग नजीक हुन सकेको उनले बताए।

विद्यार्थी काल देखि नै थाहा प्रणेता रुप चन्द्र बिष्टको थाहा अभियानमा होमिएका राम नारायण बिडारी रास्ट्रीय सभामा रास्ट्रपतिबाट विज्ञका रुपमा मनोनित सांसद हुन्।

तपाईको प्रतिक्रिया