काठमाडौं । २०७५ सालमा रेडियो नेपालमा स्वर परिक्षर्ण पास गरेका थिए प्रतिभाशाली गायक सुरेन्द्र राई पछिल्लो समय गीतसंगीतको क्षेत्रमा आफूलाई निकै समर्पित गरिरहेका छन् । गायक सुरेन्द्र राईको ‘एकान्त मा” एल्बममा समावेस गीत “तिम्रो छेउमा बस्दा”आइतबारबाट रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ ।

लकडाउन खुकुलो भएसँगै सामाजिक दुरी कायम गरेर निर्माण गरिएको सुरेन्द्र राई र शिला राईको स्वर रहेको म्युजिक भिडियोमा निर्माता राम शोभा राई रहेका छन् ।

भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुले अभिनय गरेका छन् । सुरेन्द्र राई र शिला राईको स्वर रहेको गीतमा सुरेन्द्र राईकै शब्द रहेको छ भने रुद्र श्रेष्ठले संगीत भरेको गीतलाई मनोज मोथेले एरेन्ज गरेका हुन् । मितेश गुरुङको छायांकन रहेको गीतलाई सुल्तान यीधिङ्गोले निर्देशन र सम्पादन गरेका हुन् भने परोदुच्शन परशुराम राईको डिजाइन गरेका हुन् ।

हेर्नुहोस् गीतको भिडियो :

तपाईको प्रतिक्रिया