भारतीय डान्सर तथा अभिनेता अमन शेट्टीसहित अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई लागुऔषध सेवन र कारोबारको आरोपमा पक्राउ गरिएको हो । दुवैजनालाई मंगलुरु सिटी प्रहरीले शनिबार पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ ।

प्रहरीले शेट्टी अकिल नौशिललाई पनि कथित रुपमा सिन्थेटिक ड्रग एमडीएमए राखेको आरोप लगाएको छ । सिटी प्रहरी कमिश्नर विकास कुमार विकासले पत्रकार सम्मेलन गरि सिसीबी प्रहरीले आरोपी (शेट्टी र वकिल) लाई आज बिहान पक्राउ गरेको जानकारी दिएका हुन् । प्रहरीका अनुसार शेट्टीले मुम्बईबाट ड्रग्स खरिद गरेर र मंगलुरुमा बेचिरहेको अवस्थामा पक्राउ गरेको बताए ।

शेट्टैले चढ्ने मोटर साइकल , एमडीएमए र दुई मोबाइल फोन समेत प्रहरीले जफत गरेको छ ।शेट्टि बलिउडमा लोकप्रिय कलाकार हुन् । विभिन्न रियालिटी शो समेत गरेका शेट्टी तटीय क्षेत्रका एक चर्चित सेलिब्रिटी हुन् । हालसम्म उनले दर्जनौ टिभी रियालिटी शो गरिसकेका छन् । त्यस्तै ‘डान्स इन्डिया डान्स’ र बलिउड सुपरहिट फिल्म ‘एबीसीडी– एनिबडी क्यान डान्स’ मा अभिनय गरिसकेका छन् । जसका कारण उनी बलिउडमा लोकप्रिय छन् ।

तपाईको प्रतिक्रिया