काठमाडौँ । हिउँ चितुवा नामले प्रसिद्ध हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ। स्रोतका अनुसार सोमबार बिहान करिब १० बजे काठमाडौँ जोरपाटीस्थित उनको निवासमै निधन भएको हो। शेर्पा ७२ वर्षको उमेरका थिए।

सोलुखुम्बुको थामेमा जन्मेका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए। सगरमाथामा विभिन्न कीर्तिमा कायम राखेका शेर्पा नेपालका विख्यात पर्वतारोही हुन्। उनले बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए। त्यसपछि नै उनलाइ ‘हिउँ चितुवा’ को उपनामले चिनिन थालेको हो।

तपाईको प्रतिक्रिया