अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेतको अभिनय रहने फिल्म ‘हिड्दा हिड्दै’को मुहुर्त गरिएको छ । सोमवार मुहुर्त गरिएको फिल्ममा यि दुई अभिनेतासँग नव नायिका रेखा शाहले अभिनय गर्दैछिन् ।

कोरोना भाईरसले निम्त्याएको बिश्वव्यापि महामारीका बीच त्रिकोणात्मक प्रेमकथामा बन्ने यो फिल्मको मुहुर्त भएको हो । नारायण शुसिल पंगेनी इन्टरटेनमेन्टको प्रस्तुतीमा बन्न लागेको यो फिल्मका निर्देशक मिलन आले मगर हुन् । शुसिल पंगेनीले लेखेको फिल्मका निर्माताहरु दिल लामा, राज कुमार थिंग र पारस गुरुंग हुन् । सुमन तन्डुकारको छायांकन रहने फिल्ममा बसन्त सापकोटाको संगीत रहनेछ ।

तपाईको प्रतिक्रिया