- राजेन्द्र आचार्य

चितवन : सरल र निडर स्वभावका शंकर सढाई एउटा आशलाग्दो र उदाउँदो कलाकारको परिचय बनाई सकेका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका भण्डारा बजारमा घर भएका सेढाई यतिवेला राजधानी काठमाडौँमा संघर्षरत छन् ।
सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल शंकरले पूर्ण रूपले मोड्लिङ गर्न थालेको करिब ४ वर्षमा नै उनले धेरै दर्शकको माया पाउन समेत सफल देखिएका छन् । सन् २०१६ मा सम्पन्न मोडल हन्ट प्रतियोगितामा टप फोटो जेनिकको उपाधी पाएसगैँ आफुले यो क्षेत्रलाई व्यवसायिक रुपमा अगाडी बढाएको बताए ।
त्यसयता उनले यो अवधीमा नेपालको विभिन्न शहरमा गरि २५ वटा भन्दा बढी फेसन शोमा मोडल भई काम गरिसकेका छन् । भने उनले १ दर्जन बढी फेसन शोमा कोरियोग्राफरको रुपमा समेत स्थापित बनिसकेका छन् ।
स्कुल अध्ययनकै क्रममा अभिनयमा रुचिका कारण समेत आफु मोडलिङ्गमा आउन सजिलो भएको उनले बताए । छोटो समयमा धेरै चर्चा बटुलेका उनले अभियान गरेको विभिन्न शोमा उनले प्रस्तुत गरेका अभिनय जिवन्त भएकै कारण उनी चर्चामा रहेका हुन् । यस्तै यो अवधीमा विभिन्न विज्ञापनमा प्रिन्ट र टिभिसि एड समेत गरि अभिनय गरेर शंकरले अलगै पहिचान दिएका छन् । विभिन्न ईभेन्ट र म्याग्जिनका लागि उनले गरेको फोटो सुटले समेत उनलाई थप चर्चामा पुराउने गरेको छ ।
शंकर भन्छन् मोडलिङ्ग फरक भए पनि लगनीशिल र आफ्नो मिहिनेतकै कारण आफु विस्तारै अगाडी बढेको छु । मारुनी फिल्ममा साहयक कलाकारको रुपमा अभिनय गरिसकेका शकंरले अब छिटै आफु राम्रो र फरक पहिचान दिने चलचित्रमा नायकको भूमिकामा आउन लागेका जानकारी गराए । विभिन्न चलचित्रका अभिनय कार्यशालामा समेत उनले जनाएको सहभागीताले गर्दा उनलाई धेरै अफर आए पनि चलचित्रमा आफुले नायकको रुपमा गर्ने पहिलो अभिनय विशेष खालको हुने दावी पनि गर्दछन् ।
उनी आफूँलाई चुनौती लाग्ने पेशालाई नै अंगालेर त्यसलाई अवसरको रुपमा परिर्वतन गरी मोडलिङ्ग प्रति एउटा दरिलो उदाहरण बन्न चाहेको बताउँछन् । स्नातकसम्म अध्ययन गरेका शंकरको लक्ष्य नेपालको एउटा शसक्त मोडल बन्ने हो । शान्त, सरल तथा मिजासिलो स्वभावका शंकर हेर्दा आकर्षक देखिन्छन्

मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो उनले भने जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य विधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाउनेछन् । ५ फुट ७ ईन्च भन्दा अग्ला रहेका शंकरको आर्कषक शरिर देखेर जोकोही पनि लोभिन्छन् ।

तपाईको प्रतिक्रिया