पछिल्लो समयका लोकप्रिय अनि व्यस्त सर्जक हुन् करण न्यौपाने । विगत लामो समयदेखि नेपाली गीत संगीतमा क्रियाशिल करणका सृजनाहरु बजारमा दिनहुँजसो रिलिज भइरहेका हुन्छन् ।

यसैबीच, करणकै शब्द, संगीतमा रहेको एउटा कारुनिक गीत केही दिन अगाडि मात्रै रिलिज भयो। ‘उड्यो चरी’ बोल रहेको गीतमा लोकप्रिय गायक प्रकाश सपूत , माण्डपी त्रिपाठी र तेजस्वी पन्तको मनछुने आवाज रहेको छ। गीतलाई बिपिन आचार्यले अरेन्ज गरेका हुन् ।

आर्थिक स्थिति कमजोर भएको सानो परिवारमा श्रीमान अशक्त हुँदा परिवार अनि छोरीलाई छोडेर परदेशिएकी श्रीमती, घर फर्किँदा बाकसमा फर्किएको कथालाई गीतमा उतारिएको छ। गीतका प्रत्येक शब्दहरू मर्मस्पर्शी छन् । गीतमा गायक गायिकाहरुको गायिकी पनि अब्बल छ।

गीतको भाव अनुसार भिडियो पनि मनछुने बनेको छ। अडियो सुन्दा जति मन भावुक हुन्छ, भिडियो हेर्दा त्योभन्दा बढी मन भावुक हुनेगर्छ । भिडियोमा कलाकार शिवन पोखरेल, रोश्नी कार्की र एल्भिना खड्का फिचर्ड छन् । उनीहरूको अभिनय भिडियोमा उत्कृष्ट अनि अब्बल छ। उनीहरूको कारुनिक अभिनयले जोकोहीको मन छुने गर्छ।

भिडियोलाई देबेन्द्र बब्लुले निर्देशन गरेका हुन् । अनिल कृष्ण मानन्धरले भिडियो खिचेका हुन् । भने, सम्पादन प्रबिन भट्टले गरेका हुन् । गीतलाई दर्शक स्रोताको राम्रो प्रतिक्रिया मिलेको छ। युटुबमा पनि राम्रो राम्रो कमेन्ट मिलेको छ।

विन्दबासिनी म्युजिक प्रालिको प्रस्तुति रहेको गीतको भिडियो बिन्दबासिनी म्युजिकको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..

तपाईको प्रतिक्रिया