राजधानीमा कार्यक्रम आयोजना गरेरै हिड्दा हिड्दै फिल्मको निर्माण गर्ने जानकारी गराइएको थियो । आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह कलाकार फिल्मका । यो फिल्म बन्ने कुरा चहलपहलको सुरुवात हो ।

धुलो फिल्मको प्रेस शो भएको थियो फागुणमा । यसपछि कार्यक्रम भएन नेपाली फिल्मको । नेपाली फिल्मको कार्यक्रम नभएर कुनै चहलपहल नभएको बेला हिड्दा हिड्दैले जुटाएको थियो अवसर ।

कोरोनाले गर्दा फिल्मको निर्माण हुन्न अब भनियो । फिल्म बनाउने मान्छे पन्छिन्छन् भनेर कुरा भयो । टिप्पणी गर्दा कसले फिल्म बनाउला र पनि भनिएको थियो ।

तर, यस्तो छैन माहोल । कलाकारसँग फिल्मको अभाव नै छैन । फिल्म बन्न सुरु भएका छन् । चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्नेको लाइन छ । सोमबार फिल्म दर्ता गर्न जाने ९ जना देखिएका थिए । दैनिक दर्ता हुने फिल्मको संख्या बढेको छ ।

कलाकारहरु फिल्मको अफर आएको छैन नै भन्दैनन् । बागबजार, अनामनगरको चोकमा फिल्मको कुरा सुनिन्छ ।

लकडाउन खोलिदिए त काम सुरु गरिहाल्थ्यौ भन्ने निर्माता धेरै छन् । अनुमान गरेजस्तो नहुने संभावना छ फिल्म क्षेत्रको । फिल्मको गतिविधि बढ्दैछ । फिल्म बनाउनका लागि लगानी गर्ने कम्मर कसेर लागेका छन् । वेव सिरिज, म्यूजिक भिडियोको कुरा नगरौ यहाँ । कती बनेका छन् छन् ।

फिल्म बनाउनु मात्र आशाको कुरा होइन होला । फिल्म बन्दा कलाकार, प्राविधिक, फिल्मकर्मी व्यस्त हुन्छन् । खुशी हुनपर्छ । बनाउने निराश हुनुपर्ने अवस्था नआएको राम्रो हुन्छ । फिल्ममा मौलिकता, आफ्नोपन, नयाँपन खोज्नपर्छ ।

गुणस्तर प्रमुख कुरा भयो । यसलाई ध्यान नदिए धेरै फिल्म बन्न त बन्लान्, तर कथा पुरानै होला । दर्ता धमाधम हुँदैछ । कथा कस्तो होलान् । गुणस्तर नविर्सिएको राम्रो ।

तपाईको प्रतिक्रिया