पत्नीलाई नायिका बनाउनकै लागि ऋषि धमलाले अनुराग बनाए । तर, फिल्मले पानी पनि भन्न पाएन । फिल्मका पोष्टर टाँस्ने पैसा पनि उठेन । फिल्मले डुबाएपछि धमलाले म्युजिक भिडियोको सहारा लिए । श्रीमतीलाई मोडलको रूपमा खेलाउन थाले । दुर्गेशकै क्रेजले होला अहिले धमलापत्नी एलिजा अभिनीत ‘आधी कपाल’ ले झण्डै ६० लाखभन्दा बढी भ्युअर पाएको छ युट्युबमा ।

उनै धमला पत्नीका कारण गत साता धेरै कलाकार र सर्वसाधारण हुस्सु भए । अघिल्लो वर्ष नायिका सुभद्रा अधिकारी बितिन् । तर, धमला पत्नी एलिजाले उनको निधन भएको वर्ष दिनसम्म पत्तो पाइनन् । उनले सुभद्राको निधन भएको आज हो भनेर श्रद्धाञ्जली दिइन् । त्यही कारण धेरैले हैरानी व्यहोरे । यता, धमलाकै कारण हैरानी खेप्दैछन् एक जना चल्तीका हल मालिक । फिल्म प्रदर्शन भएर हलबाट उत्रिएको दुई वर्ष व्यतित भइसक्दासमेत अनुरागले हलमालिक गोपालकाजी कायस्थलाई चुक्ता गर्नुपर्ने दशौं लाख रकम अझै पनि बुझाएका छैनन् । कायस्थलाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार निर्माता रहेको सुश्री सम्पत्तिले १३ लाख, ‘जय शम्भु’ले १९ लाख, ‘विराङ्गाना’ले १८ लाख, ‘चौका दाऊ’ले ४ लाख दिन बाँकी रहेको फिल्म वितरक कायस्थले गुनासो पोखेका छन् ।

तपाईको प्रतिक्रिया