अभिनेत्री नम्रता सापकोटाले आफू १६ बर्ष भएको भन्दै जन्मदिन मनाइन् । उनले जन्मदिन मनाउँदा सधै नै १६ बर्ष भनेर लेखेकी छिन् । परिवार र आफ्ना नजिकका साथीसँग उनले जन्मदिन मनाएको देख्न सकिन्छ । आफूलाई १६ बर्षको भनेर जन्मदिन मनाएको तस्वीर नम्रताले पोष्ट गरिन् ।

तर, सामाजिक संजाल प्रयोगकर्ताले भने उनले १६ बर्षको भनेर लेखेपछि ट्रोल बनाइरहेका छन् । १६ बर्षको मानिस कस्तो हुन्छ भनेर उनीहरुले मजाक बनाइरहेका छन् । नेपाली फिल्मका कलाकारहरुले उमेर लुकाउने गर्छन् । अझ अभिनेत्रीहरुको हकमा यो बढी लागू हुन्छ ।

आफूलाई सधै नै कम उमेरको देखाउनका लागि उनीहरुले उमेर लुकाउने गरेका हुन् । तर, यसले गर्दा उनीहरु कहिलेकाही ट्रोलको शिकार पनि बनेका हुन्छन् ।

तपाईको प्रतिक्रिया