अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company को हकप्रद शेयार निष्काशनका तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । मंगलबार हाईड्रपावर र क्यापिटलबीच बिक्री प्रबन्धक नियुक्त बारेमा सम्झौता भएको हो ।

उक्त सम्झौतामा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष रमेश प्रसाद न्यौपाने तथा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले १९औं वार्षिक साधारण सभाबाट पारित भई २१औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको १ बराबर १ शेयरको अनुपातमा ९९ करोड ८३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । प्रतिशेयर १०० रुपैयाँका दरको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद शेयर निष्काशन गरे पश्चात कुल चुक्तापूँजी १ अर्व ९९ करोड ६६ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

कम्पनीले पिलुवाखोलाको पानी उपयोग गरी ३ हजार किलोवाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना निमार्ण गरी २०५६ सालबाट व्यापारिक उत्पादन गरीरहेकोछ ।

हकप्रद शेयर मार्फत उपलब्ध भएको रकमलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया