सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले अपाङ्गता तथा बालबालिका स्याहार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले लालितपुरको धोबिघाटस्थित मुस्कान होम अफ होप स्याहार केन्द्रलाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

बैंकले गरेको यस आर्थिक सहयोगले संस्थामा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने जनाइएको छ । बैंकका नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशिले संस्थाकी अध्यक्ष सुमती कर्माचार्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया