यूनियन लाइफ इन्स्योरेन्स Union Life Insurance Company तेश्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ। यस अवसरमा युनियन लाइफले विभिन्न कार्यक्रम गरी तेश्रो वार्षिकोत्सव मनाएको छ।

कम्पनीले आगामी दिनमा अझ बढि सशक्त र आक्रामक रुपमा ब्यवसाय बृद्धि गर्ने प्रतिवद्धता जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले भने कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा बिस्तार गर्दै लैजाने बताए ।

बीमा समितिबाट २०७४ असोज ४ गते कारोवार संचालनको अनुमती पाएको युनियन लाइफको जारी पुंजी २ अर्ब १५ करोड छ। जारी पुंजीको ३० प्रतिशतले हुने साधारण शेयर (आइपीओ) चाडै नै निश्कासन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीको संचालक समितिको अध्यक्षमा शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल छन् । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप छन्।

तपाईको प्रतिक्रिया