काठमाडौं । लोकगायक प्रेमराजा महतले जन्मदिनको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन्।

लामो समयदेखि अमेरिकालाई कर्मभूमी बनाएका गायक महतले डा।महावीर पुन तथा उनले सञ्चालन गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग स्वरुप एक लाख एक हजार प्रदान गरेका हुन्।

जन्मदिनको अवसरमा आमाबुवाप्रति श्रद्धा अर्पण गर्दै नेपाल र नेपालीको सुरक्षाप्रति निस्वार्थ समर्पण गर्ने महावीरको संस्थालाई एक लाख एक हजार दिने घोषणा गायक महतले गरेका हुन्।

‘स्वर्गीय माता–पिताप्रति आभारका साथ श्रद्धा अर्पण गर्दै अहिलेको विश्व महामारीमा नेपाल र नेपालीहरूको स्वास्थ्य सुरक्षाप्रति आफूलाई निस्वार्थ समर्पण गर्ने नेपाली वैज्ञानिक डा। महावीर पुन र उहाँले खोल्नु भएको राष्ट्रिय आविष्कार केन्द्र परिवारमा एक लाख एक हजार रुपैयाँ सहयोग स्वरूप प्रदान गर्दै यसपालीको जन्म दिन समय र परिस्थितिलाई ध्यानमा राखेर घर परिवारसँग कोरोनापछिको जिन्दगीलाई खुशी साथ मनाउँदैछु’, गायक महतले फेसबुकमा लेखेका छन्।

गायक महतले जन्मदिनमा घोषणा गरेको सहयोग रकम मंगलबार नै डा। महावीर पुनले पाइसकेका छन् । अन्नपूर्णसँग कुरा गर्दै गायक महतले भने, ‘मैले जन्मदिनमा सहयोग स्वरुप दिने घोषणा गरेको एक लाख एक हजार रुपैयाँ डा। महावीर दाइले लिइसक्नु भएको छ ।’

प्रेमराजा महतले जन्मदिनको अवसरमा आविष्कार केन्द्रलाई दिने घोषणा गरेको एक लाख एक हजार रुपैयाँ डा। महावीर पुनलाई हस्तान्तरण गर्दै हिमाल भण्डारी ।

तपाईको प्रतिक्रिया