काठमाडौँ – नेपाल चलचित्र कलाकार संघ द्वारा अग्रज कलाकारहरुलाई निशुल्क गुर्जो वितरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको अध्यक्षतामा फानका सल्लाहकार, पदाधिकारी सदस्यहरु तथा शुभेच्छुकहरुलाइ रोग प्रतिरोधात्मक क्षमता बढाउने बहु उपयोगी जडिबुटि गुर्जो निशुल्क वितरण गरिएको छ। नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष, सल्लाहकार तथा बरिष्ट अभिनेता कृष्ण मल्ल, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नृत्यसंघका कार्यवाहक अध्यक्ष जनक कार्की, आदिवासी जनजाती कलाकार महासंघका अध्यक्ष अमृत सुनुवार, बरिष्ट कलाकार उत्तम केसी, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, ॐ समाज डेन्टल अस्पतालका अध्यक्ष डा. शुभाष घिमिरे, ॐ समाज डेन्टल अस्पतालका उपाध्यक्ष तथा फान कार्यसमितिका सदस्य रामेस्वर जङ्ग केसि, चलचित्र कलाकार संघका कार्यसमिति सदस्यहरु रामेस्वर बुर्लाकोटी, उद्दव प्रशाद भट्टराई, प्रेस संयोजक सुर्य चन्द, बरिष्ट कलाकार बिद्या कार्की, चलचित्रकर्मी प्रदिप दाहाल लगायतको उपस्थितिहरुलाइ गुर्जो वितरण गरिएको थियो ।

काभ्रे जिल्ला बनेपा निवासी समाजसेवी तथा निशुल्क गुर्जो वितरणका अभियन्ता मुक्ति बिष्टले उपलब्ध गराएको उक्त बहुउपयोगी जडिबुटी गुर्जोको महत्व तथा सेवन गर्ने तरिका समेत उक्त अबसरमा सामाजिक अभियन्ता मुक्ति बिष्टले जानकारी गराएका थिए भने आबश्यकता अनुसार गुर्जो चाहिएमा आफुले उपलब्ध गराउने कुराको समेत उनले जानकारी गराएका थिए। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, विशिष्ट कलाकार देखि विभिन्न संघ संस्थाहरुमा समेत निशुल्क गुर्जो वितरण गरिसकेको समेत उक्त अबसरमा अभियन्ता मुक्ति बिष्टले जानकारी गराएका थिए। सो अबसरमा उनले टिमुर र गुर्जोको बेर्ना समेत निशुल्क वितरण गरेका थिए।

कार्यक्रममा बोल्दै अधक्ष्य खड्काले गुर्जोको उपयोगिता यसको माग र आबश्यकता बारे जानकारी गराउदै रोग प्रतिरोधात्मक क्षमता बढाउने बहुउपयोगी जडिबुटि गुर्जो निशुल्क वितरण समय सापेक्ष भएको र उपस्थित हुन असमर्थ अन्य बिशिष्ट कलाकारहरुलाई गुर्जो उपलब्ध गराउने कुराको समेत जानकारी गराए।

तपाईको प्रतिक्रिया