काठमाडौँ असोज ०९ – नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिकिँदै गर्दा बजारमा दशैँ संग सम्बन्धीत गीतहरु आउने क्रम बढ्दो छ । यसै बीचमा गायक तथा गीतकार बिदुर आपागाईले पनि एक फरक धारको गीत लिएर भर्खरै बजारमा आएका छन् ।

उनको ‘क्यारी हाँसम खोइ’ बोलको यस गीतमा राजेन्द्र कँडेल र शान्तिश्री परियारको  सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतलाई गायक तथा गीतकार प्रशान्त पौडेलले लय तथा शब्द सिर्जना गरेका छन् ।

‘क्यारी हाँसम खोइ’ बोलको गीतको म्युजिक भिडियोमा चर्चित मोडल शिबन पोखरेलको फिचरिङ रहेको छ। उनको साथमा रन्जिता गुरुङ्ग लाई पनि देख्न सकिन्छ । भिडियोमा मोडल शिबन र रन्जितालाई करिब १ दशक पछी एकै चोटी देख्न पाईएको हो ।

पछिल्लो समयका धेरै रुचाइएका निर्देशक देवेन्द्र पाण्डेले भिडियोको निर्देशन गरेका छन् । उनले गीतले खोजे जति भिडियोमा उतारेको मज्जाले देख्न सकिन्छ ।

ए.बि.एस म्युजिकको युट्युब च्यानलबाट बिहिबार सार्वजनिक भएको गीत दर्शकहरुले निकै रुचाइरहेका छन् । गीतलाई दीपकराज बिश्वोकर्माले एरेन्ज गरेका छन् । म्युजिक भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने दिप्शन शाहको सम्पादन रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया