धनगढी – बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको विभत्स हत्या भएको विषयमा मोडल तथा भिजे सोनिका रोकायाले यौन दुर्व्यवहार गर्ने ब्यक्ति विरुद्ध कडा कारबाही गर्नु पर्ने माग गरेकी छन ।

बृद्ध हजुरबुवा र हजुरआमाको संरक्षणमा रहेकी बालिकाको बुधबार राति विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव घरभन्दा दुई किलोमिटर टाढा स्थानीय एक मन्दिरमा फेला परेको थियो । मष्टा गाउँपालिका वडा नंम्बर २ खिकालाकी १२ वर्षीया बालिका बुधबार पशु चौपाया बाँध्न सिमछानामा गएकी र राती अबेर सम्म घर नआएपछि खोजी गर्दै जाँदा सोही राती गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिम मन्दिरमा उनको शव फेला परेको थियो । भिजे सोनिकाको अनुसार बालिकाले कानमा लगाएका सुनका गहना समेत लुटिएको छ ।

‘घटनामा संलग्नको आशंकामा एक जना स्थानीय पक्राउ गरिएको भएपनी आर्थिक चलखेलको कारणले उनलाई उम्काउने अनेकौ षड्यन्त्र बुनिएको उनले बताइन ।

बालिकाका बुवाआमा भने विगत तीन वर्ष देखि रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । घरकी जेठी छोरीका रुपमा रहेकी ती बालिकाका दुई बहिनी र एक भाइ रहेका छन् । दुई बहिनीसहित मृतक बालिका हजुरबुवा र हजुरआमाको संरक्षणमा रहेकी थिइन ्। एक भाइ भने आमाबुवा सँगै भारतमा रहेका छन्।

‘स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत ती बालिका अरु बहिनीको अभिभावक जस्तै रहेकी थिइन्’ मष्टा गाउँपालिकाका अध्यक्ष कर्ण कठायतले भने–‘बाजे बजै बृद्ध रहेकाले घरको सबै जिम्मा ती बालिकाको नै थियो।’

उनले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरि दोषीलाई कारबाहीका लागि स्थानीय प्रहरी प्रशासनलाई आग्रह गरिएको बताए । नारी भएर्कै कारणले कोही पनी नाबालिकाले यौन हिंसाको सिकार नबनुन भनेर आफु सम्झना विश्वकर्माको पक्षमा लागेको सोनिकाले बताइन । प्रहरी प्रशासनले कानुनी राज्य स्थापित गर्नुपर्ने धारणा रहेको उनले बताइन जव सम्म सरकारले विभिन्न अपराधिक गतिविधी विरुद्धमा लागी पदैनन तव सम्म हजारौ नावालिकाहरुले यौन सिकार भैरहने उनले बताइन । सम्झनाको आत्मको शान्तिको लागी पनी पिडित पक्षलाई क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने उनले बताइन ।

हेर्नुहोस भिडियोमा ।

तपाईको प्रतिक्रिया