काठमाडौ

हालको परिस्थितिलाई मध्यनजर गर्दै समाजमा परेको बेरोजगारी प्रतिको असरलाइ समेट्नेगरि हालै गान्धिभ प्रोडक्सन र एल.एण्ड.एन.मोडल एजेन्सीले आफ्नो तेश्रो छोटो चलचित्र “बेरोजगारी पिडा” रिलिज गरिएको छ।एस कथाका लेखक तथा निर्देशक रोमियो एन के (नितिन) ले भन्छन” हामी सम्पूर्ण काम र कामदारलाई सम्मान गर्नुपर्दछ” भन्ने मुल नाराका साथ उक्त चलचित्र बनाइएको हो ।

उक्त चलचित्रका मुख्य पात्रका रुपमा कलाकार तथा समाजसेबी गान्धिभ सुवेदी का साथै मनिषा लकान्द्री,नुर भण्डारि,निशा कार्की,रेणु थापा ,बाल कलाकार को रुपमा लक्क्ष कर्ण रहेका छन भने रोमियो एन.के ( नितिन)आफू स्व्यंले पनि अभिनय गरेका छन । उक्त चलचित्रको छायांकन / सम्पादन दिपक अधिकारीले गरेका छन भने श्रींगार पक्ष एलिजा महर्जनको रहेको छ । लकडाउन खुकुलो भएसंगै उक्त चलचित्र सामाजिक दुरि कायम गर्दै ग्वार्को इमाडोल स्थित आगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्ट साथै आसपासका क्षेत्रमा छायांकन गरिएको छ। चलचित्र लाई गान्धिभ सुवेदी नामक युट्युब च्यानल बाट रिलिज गरिएको छ।

सधै झैँ हाम्रो आर्को सानो प्रयासलाइ माया गरिदुनुहोला।

तपाईको प्रतिक्रिया